१२ असोज/ उर्लाबारी
नेपाल टेलिकमकाे प्रादेशिक निर्देशनालय विराटनगरले उर्लाबारी वडा नम्बर ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ५ थान वेड कम कुर्सी हस्तान्तरण गरेकाे छ ।
शनिबार टेलिकमका विराटागरका अधिकृत राम बुढाथाेकीले साे कुर्सी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. याेगेश मण्डललाई हस्तान्तरण गरिएको अस्पतालले जनाएकाे छ ।
टेलिकलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उर्लाबारी वडा नम्बर ३ को पहलमा अस्पताललाई सो कुर्सी उपलब्ध गराईएको टेलिकमका अधिकृत बुढाथाेकीले बताए ।
यता सो कुर्सी बिरामीको कुरूवाहरूका लागि दिउँसाे बस्न तथा राती सुत्न समेत प्रयाेग गर्न सकिने वडाध्यक्ष भिष्मराज बुढाथोकीले बताए ।