पूर्वी मोरङकै शैक्षिक गहनाका रुपमा परिचित उर्लाबारी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पदमा खेमराज कार्कीले बुधबारदेखी कार्यकक्षबाट पुनः जिम्मेवारी सम्हालेका छन् । गत असोज ६ गते नै क्याम्पस संचालक समितिको बैठकले क्याम्पस प्रमुखमा कार्कीलाई निरन्तरता दिएको थियो । गत साउन ३२ गते कानेपोखरीमा छिमेकी एक महिलाको सवारी दुर्घटनामा मृत्यु भएको घटनामा कार्की विवादित बनेका थिए । सो घटना सवारी दुर्घटना देखिएपनि घटना परिवेश र त्यसपछि कार्कीले घटनालाई लुकाउन गरेको प्रयत्नले उनी दोशी रहेको बुझ्न कुनै दुई मत छैन । पीडित परिवारको बयानमा सुरूमा घटना लुकाउन उनले गरेको ढाकछोपको प्रयास घटना सार्वजनिक भएकै दिन सञ्चार माध्यमहरुमा सार्वजनिक भएकै हुन् । सुवारी साधनबाट लडेकाले सवारी ज्यान मुद्दा मुद्दा वा सवारी दुर्घटनासँग सम्बन्धित मुद्दा लाग्ने गर्दछ । सो मुद्धामा कार्की २५ दिन थुना र जरिवाना बुझाएर छुटेका हुन् । घटना सार्वजनिक भएपछि पिडीत परिवारले बताए अनुसार र अन्य विभिन्न घटनाक्रमले कार्की सामाजिक रुपमा विवादित भएकै हुन् । सञ्चार माध्यममा सार्वजनिक समाचार लगायत घटनापछि कार्कीले गरेका क्रियाकलापले उनको सामाजिक छवि उदांगो भएकै छ । गुणस्तरीय शिक्षाका माध्यमद्वारा राष्ट्रिय आवश्यकता अनुसारको दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने शैक्षिक थलोमा सामाजिक रुपमा विवादित र नैतिक पतन भएका व्यक्तित्वलाई थप मनोबल बढाउने गरि अघि बढ्दा सामाजमा झनै आक्रोश र निराशा बढ्दै जानेछ । घटनापछि थुनामुक्त हुने बित्तिकै कार्की आफैले राजीनामा दिएर वा विदा बसेर सहज बनाउँदै जानुपर्नेमा आफैँ पुनः क्याम्पस प्रमुख हुन तम्सिदा विद्यार्थीहरु आक्रोशित हुनु स्वभाविक नै हो । क्याम्पस प्रमुखमा कार्कीको राजीनामा माग्दै विद्यार्थीहरुले हस्ताक्षर अभियान चलाईरहेका छन् भने कार्यकक्षमा ताला समेत लगाएका थिए । तर असोज ६ गते नै क्याम्पस प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको यतिका दिनसम्म कार्की आफ्नो कार्यकक्षमा प्रबेश गर्न सकेका थिएनन् । लगाएको ताला अघिल्लो दिन साँझ फुटाउँदै बुधबार क्याम्पस विदा गरेर प्रशासन मात्र खुला राखेर शसस्त्र र नेपाल प्रहरी गेट बाहिर तैनाथ गर्दै कार्यकक्षमा प्रबेश गरेका कार्कीको अनुहारबाटै उनको कमजोरी झल्किएको थियो । विद्यार्थीहरुलाई घरमै राखेर गेटबाहिर प्रहरी राख्दै अब कहिलेसम्म उनले क्याम्पस प्रशासनको नेतृत्व गर्लान् भन्ने प्रश्न आएको छ । क्याम्पस खुला भएको दिन फेरि सुरु हुने विद्यार्थीहरुको आन्दोलनले क्याम्पस झनै द्धन्द्धमा फस्नेछ । आन्दोलित विद्यार्थीहरुको मागलाई कति हदसम्म पुरा गर्न सकिन्छ भनेर संचालक समितिले सामान्य छलफल गर्न समेत नचाहेर विवादलाई झनै बढाएको देखिन्छ । यस क्षेत्रकै उच्च शैक्षिक धरोहरको रुपमा रहेको उर्लाबारी बहुमुखी क्याम्पस झनै द्धन्द्धमा नफसाउन सबैभन्दा सुरुमा क्याम्पस प्रमुख कार्कीले राजीनामा दिएर निकास खोल्नै पर्छ । सामाजिक रुपमा विवादमा समेत आएको र संचालक समितिमा पनि विवाद भएकाले कार्कीले क्याम्पस प्रमुख पदबाट राजीनामा दिँदै विवादलाई साम्य बनाउनै पर्छ । नत्र विद्यार्थीहरुको आन्दोलन र बाह्य हस्तक्षेपले क्याम्पस झनै ठुलो दुर्घटनामा नजाला भन्न सकिन्न ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय