उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. ले शेयर सदस्यहरुको मन जित्दै गएको छ ।
२०६७ सालमा उर्लाबारीमा मुख्य कार्यालयसहित सञ्चालनमा आएको यो सहकारीले झापाको दमक, मोरङको मिक्लाजुङ र पथरीशनिश्चरेमा समेत सेवा विस्तार गर्दै शेयर सदस्यहरुको मन जित्न सफल बनेको हो । १० हजार ५७ जना शेयर सदस्य रहेका यो सहकारीको शनिबार उर्लाबारी–४ स्थित जय वशिष्ट पार्टी प्यालेस रिसोर्टमा १४ औं बार्षिक साधारणसभा भब्यतापूर्वक सम्पन्न भएको छ । साधारणसभामा ६० जना उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बाल बचतकर्ता र सुदर्शन छात्रवृत्र् िवितरण गरिएको छ । शेयर सदस्यका छोराछोरी मध्ये एसईईमा उत्कृष्ट अंक ल्याउने पथरीशनिश्चरे सेवा केन्द्रका शेयर सदस्य मनोज अग्रवालका सुपुत्र क्रिस अग्रवाल लाई १० हजार राशीसहितको छात्रबृत्ति पुरस्कार प्रदान गरिएको छ । सहकारीको बचत निक्षेप तर्फ ४९ करोड २० लाख भन्दा बढी संकलन भएको, ५ करोड ५ लाख भन्दा बढी शेयर संकलन, ५ करोड भन्दा माथि कोष निर्माण र करिब ५३ करोड ५४ लाख भन्दा माथि कर्जा लगानी गर्न संस्था सफल भएको अध्यक्ष गोपालप्रसाद भट्टराईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले प्राकृतिक प्रकोप राहत योजना, शल्यक्रिया, अंगभग राहत, अशक्त, स्वास्थ्य सुधार, छात्रवृत्ति, मृतक राहतलगायतका प्रत्यक्ष अनुभव र अनुभूती हुने खालका शेयर सदस्यको हितकारी योजना अघि सारेका कारण पनि सुदर्शनमा शेयर सदस्यहरुको आकर्षण देखिएको छ । मोबाइल बैकिङ, विद्युत, खानेपानी, फोन पे, राजश्व भुक्तानी, हवाइटिकट, विमा भुक्तानी, क्यू आर स्क्यान लगायतका प्रविधि मैत्रीकार्य गर्दै सुदर्शन साकोस अघि बढिरहेको छ । दैनिक, आवधिक, बाल शैक्षिक लगायतका बचत योजना ल्याएर सुदर्शनले शेयर सदस्यहरूलाई आकर्षित गर्दै आएको छ भने विभिन्न कर्जा योजना अन्तर्गत कर्जा लगानी गरिरहेको प्रमुख कार्यकारी अधिकृत थरेन्द्रराज पौडेलले उल्लेख गर्नु भयो । संस्थाका अध्यक्ष गोपाल प्रसाद भट्टराईको सभापतित्व र जिल्ला सहकारी संघ मोरङका सचिव राकेश दाहालको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका कोशी प्रदेश प्रमुख प्रभु पोरखेल, दमक वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापा, पथरीशनिश्चरे वडा नं. ७ का वडाध्यक्ष उध्दवराज वस्नेत, उर्लाबारी–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीलगायतले बोल्नुभएको थियो ।संस्थाका लेखा संयोजक राजु तिम्सिनाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी घनश्याम भण्डारीले गर्नुभएको थियो ।