उर्लाबारी / उर्लाबारी नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको बक्राह घाटमा विश्रामस्थल सहित विभिन्न भौतिक संरचनाहरू निर्माण गर्ने कार्य सुरु गरिएको छ।गतवर्ष सव दाहस्थल निर्माण सम्पन्न गरिएको घाटलाई थप व्यवस्थित बनाउन नगरपालिकाले यसवर्ष बिनियोजित १ करोड बजेट बाट विश्रामस्थल , स्नानगृह , शौचालय , खानेपानी धारा , सुरक्षागार्ड पोस्ट एवं सफाइ गर्ने पानीको मोटर राख्ने ठाउँ सहितको संरचना निर्माण थालिएको हो ।
बक्राह नदी किनारमा रहेको यो घाट धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थान मानिन्छ। यहाँ अन्त्येष्टि गर्ने संस्कारसँगै विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन हुने भएकाले यसको व्यवस्थापन आवश्यक रहेको उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले जानकारी दिनुभएको छ ।
निर्माणाधीन स्थलमा हरियाली प्रवर्द्धन गर्दै सौर्न्दर्य कायम राख्न वृक्षारोपणको पनि तयारी गरिएको छ ।






