
उर्लाबारी / उर्लाबारी नगरपालिकाले नगरमै पहिलो लिफ्ट सहितको सामुदायिक भवन संचालनमा ल्याउने भएको छ । उर्लाबारी–३ राम नगर टोल पुर्व लिफ्टसहितको अपाङ्गतामैत्री भवन निर्माण सम्पन्न भएकोहो । सो भवनको नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख तथा अनुगमन समिति संयोजक मीना खतिवडा पौडेल, इञ्जिनियर रोशन उदासलगायत प्राविधिकहरुसहितले अनुगमन गरेका छन् । । लिफ्टसहितको दुई तले भवनमा कार्यक्रम हल र अन्य कोठाहरु रहेका छन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिकाले भवन निर्माण गरेको नगर उपप्रमुख मीना खतिवडा पौडेलले बताउनुभयो ।
एक करोड लागतमा निर्मित अपाङ्गमैत्री सामुदायिक भवन विविध सामाजिक कार्यका लागि उपयोगी हुने मेयर खरेलले जनाउनुभयो ।
उहाँका अनुसार भवनमा शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि सहज हुनुका साथै प्रयोग गर्न मिल्ने किसिमको छ । त्यहाँ अपाङ्गता भएका व्यक्तिहरुका लागि जीवनपयोगी गतिविधिहरु हुनेछन् ।




