

मोरङको उर्लाबारी वडा नम्बर ४ को उर्लाबारी बहुमुखी क्याम्पसमा एमाले र माओवादी निकट विद्यार्थी संगठनले चुनाव हुन नदिने प्रपञ्च रचेका छन् । गत फागुन २९ गते निर्वाचन समिती बैधानिक नभएको भन्दै उनीहरुले बाहाना पारेर क्याम्पसमा तालाबन्दि गरेपछि चुनाव हुन नदिने प्रपञ्च रचिएको हो । अनेरास्बवियुको लाल किल्ला भनिने सो क्याम्पसमा नेपाल बिद्यार्थी संघले यसअघिको स्वबिउ निर्वाचनमा प्यानलै जितेको थियो । सो बेला ५ दलिय गठबन्धनलाई हराउदै ने.बि. संघले ऐतिहासिक जित हाँसिल गरेको थियो । उक्त चुनावमा ने.बि. संघका बिबेक कार्कीको प्यालन लोकपृय मतले बिजयी भएको थियो । ने.बि. संघको लोकपृयता र राम्रो कामको परिणामले पुन:यसपटक जित निश्चित रहेको छ । ने.बि. संघले जित्ने डर अनेरास्वबियु र क्रान्तिकारिमा परेपछि उनीहरुले क्याम्पसमा चुनावै हुन नदिने प्रपञ्च रचेको हुन् ।क्याम्पसको संचालक समितिले वैधानिकता दिएको स्वबियु निर्बाचन समितिलाई उनिहरुले वैधानिकता नमान्ने भन्दै तालाबन्दि गरेका छन् । अब क्याम्पसमा चुनाब हुन ३ दिन मात्र बाकि हुदा अझै तालाबन्दि खोलिएको छैन । यसको अर्थ कम समयमा चुनाबको तयारी गराउन समेत गारो छ । उसो त तालाबन्दि लगाको ३ दिन भैसक्दा समेत खुलाउनेमा उनीहरुले कुनै पहल गरेको देखिदैन । हार्ने मानसिकता भई तालाबन्दि गरेका विधार्थी संगठनले क्याम्पसमा केहि काम गर्छन् र भनेर पत्याउन समेत गारो भएको छ । यसपटक नेबि संघले पोषणजग आचार्यलाई सभापति पदमा उम्मेदवार बनाएको छ । उनी स्वच्छ र सरल जिवनशैलि भएका, असल चारणका बौद्धिक नेता हुन जो विधार्थीको अधिकार र समस्याको लागि अहोरात्र खट्दै आएका छन् ।