उर्लाबारी, मोरङ – नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनले डिजिटल कनेक्टिभिटीको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले आफ्नो सेवा १० लाख घरधुरीसम्म विस्तार गर्दै कम्तीमा ५० लाख नागरिकलाई इन्टरनेटको पहुँचमा ल्याएको घोषणा गरेको छ। उर्लाबारीस्थित वल्र्डलिंक शाखाका प्रमुख मधुसुदन शाहले यस अवसरमा ग्राहकहरूको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै भने, “हामीले केवल इन्टरनेटको संजाल विस्तार गरेका छैनौं, नेपालका हिमाल, पहाड र तराईमा विश्वासको विरासत निर्माण गरेका छौं।”

नेपालका शहरी तथा ग्रामीण भेगहरूमा उच्चगुणस्तरिय इन्टरनेट सेवा पुर्याउने लक्ष्यसहित वल्र्डलिंकले पछिल्ला वर्षहरूमा तीव्र रूपमा पूर्वाधार विस्तार गरिरहेको छ। कम्पनीले डिजिटल पहुँचलाई थप प्रभावकारी बनाउन प्रविधिगत नवीनता, ग्राहक-मैत्री सेवा र गुणस्तरीय इन्टरनेट अनुभवलाई आफ्नो प्राथमिकतामा राखेको बताएको छ। यस ऐतिहासिक उपलब्धिको उत्सवस्वरूप वल्र्डलिंकले उर्लाबारी शाखाबाट ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था गरेको छ। कम्पनीले ग्राहकहरूको अपेक्षाअनुसार आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ। नेपालको डिजिटल क्रान्तिमा कोसेढुङ्गा सावित हुने यो उपलब्धिले देशभर इन्टरनेट सेवा प्रवर्द्धन गर्दै नागरिकहरूलाई डिजिटल युगतर्फ उन्मुख गराउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय