
- उर्लाबारी–७ स्थित एञ्जल फाउण्डेशनले स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा विविध सामाजिक कार्य गरेको छ । उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यतामा आज उर्लाबारी–७ स्थित नमुना बाल गृहमा सरसफाईका सामग्री प्रदान गरिएको छ ।
सरफ, साबुन, फिनेललगायत १४ हजार रुपैयाँ बराबरका सामग्री प्रमुख अतिथि पौडेल, फाउण्डेशनकी अध्यक्ष पुनम राजवंशी, प्रमुख कार्यकारी अधिकृत जयसिंह राजवंशीले उक्त सामग्री गृहका प्रमुख जीवन घिमिरेलाई प्रदान गर्नुभयो । फाउण्डेशनले बाल गृहमा आश्रित बालबालिकालाई आज साँझको एक छाक खाना खुवाएको छ । यस्तै, आजै बिहान बिहान उर्लाबारी–५ स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा ब्रह्मा भोज समेत गराइएको प्रमुख कार्यकारी अधिकृत राजवंशीले बताउनुभयो ।