उर्लाबारी -६ स्थित ब्याडमिन्टन हल परिसरमा सम्पन्न सभाले सर्वसहमत चयन गरेको समितिको उपाध्यक्षमा डिल्ली खतिवडा , सचीव हरिबहादुर कटुवाल , सह- सचीव अर्जुन नाल्बो लिम्बू र कोषाध्यक्षमा गजेन्द्र फागो रहनु भएको छ । यस्तै समितिको सदस्यहरुमा शुक्र घिसिङ , गोवाहाङ लिम्बू, महेन्द्र श्रेष्ठ , रमेश भण्डारी , दावा लामा र राजन लावती रहनु भएको निर्वाचन समितिका संयोजक दिपक भट्टराईले जानकारी दिनु भएको छ । यसैगरी लेखा समितिमा ज्ञानेन्द्र भट्टराई संयोजक , दिलकुमार आचार्य र नरबहादुर तामाङ सदस्य रहनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय