मधुमल्ला, मोरङ / नेपाल विद्युत प्राधिकरणका सफल कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विरोधमा मोरङको मिक्लाजुङ गाउँपालिका-७ मधुमल्ला बैंक चौकमा नेकपा माओवादी केन्द्रद्वारा बुधबार सांझ मैन बत्ती बालेर विरोध प्रदर्शन गरिएको छ।

विरोध कार्यक्रममा सहभागीहरूले सरकारको निर्णयलाई जनविरोधी भन्दै तुरुन्तै सच्याउन माग गरेका थिए। स्थानीय कार्यकर्ता, बुद्धिजीवी, तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा माओवादी केन्द्रका नेताहरूले घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले देशभर लोडसेडिङ अन्त्य गरी उर्जाको क्षेत्रमा महत्वपूर्ण सुधार गरेको भन्दै उनलाई हटाउनु गम्भीर भूल भएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका गाउँ कमिटी अध्यक्ष उमेश राईले घिसिङको नेतृत्वमा प्राधिकरणले हासिल गरेको सफलता सरकारले नदेख्ने प्रवृत्ति अपनाएको आरोप लगाए। उनीहरूले जनताको भावनाविपरीत सरकारले गरेको यो निर्णयका विरुद्ध थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

विरोध प्रदर्शनका क्रममा सहभागीहरूले “कुलमान घिसिङलाई फर्काउ”, “जनविरोधी निर्णय खारेज गर” जस्ता नारासमेत लगाएका थिए।
उनिहरूले घिसिङको पुनर्बहालीको माग गर्दै सरकारलाई दवाव दिन निरन्तर संघर्ष गरिने बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय