हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

शनिबार बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान  छ।

राति कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय