काठमाण्डौ – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भूटान खेल्दैछन् । खेल बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि शुरू हुनेछ ।

प्रतियोगितामा नेपाल र भूटानले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलले हराएको थियो ।

प्रतियोगितामा घरेलु टोली बङ्गलादेशसहित नेपाल, भूटान र श्रीलङ्का सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा खेल भइरहेको हो । सबै खेल सकिएपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।

यसअघि नेपालले श्रीलङ्कासँगका दुई खेलमा पनि जीत निकालेको थियो । नेपालले श्रीलङ्कालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । बङ्गलादेशले चार खेलमा जीत निकालेको छ ।

अङ्क तालिकामा बङ्गलादेश १२ अङ्कका साथ शीर्ष र नेपाल समान खेलमा ९अङ्कका साथ दोस्रो स्थानमा छ ।

आज बेलुका बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । नेपालले पर्सि सोमवार बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय