पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न ढिला गरेको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा जानकारी लिएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानून विभागका सदस्यहरूले आयोगमा पुगेर यसबारे चासो राखेका हुन् ।
निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरूले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो ।
आयोगले पार्टीले दिनुपर्ने कागजातहरू सबै पुगेको जानकारी गराएको पनि उहाँले बताउनुभयो । पार्टीले २०८१ साल असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक–पटक बुझाए पनि अद्यावधिक नगरिएको बुर्लाकाेटीकाे आरोप छ ।




