काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उप निर्वाचनलाई लिएर यतिबेला चर्चा चुलिएको छ ।

प्राय सबै दलले रुपन्देही–३ लाई प्रतिष्ठाको बिषय बनाएका छन । यसलाई २०८४ को निर्वाचनको लागी जनमत सर्वेक्षण्को रुपमा पनि लिईएको छ । अहिले जनताको मत फेरिन्छ या फेरिदैन भन्ने कुरा यो उपनिर्वाचनले पनि तय गर्छ ।

विभिन्न राजनितीक दलले उमेरदवारको खोजी गरिरहदा संसदको सबै भनद्या ठुलो दल काँग्रेस पनि उमेरदवारको खोजीमा छ । काँग्रेसको आजको बैठकमा समेत आगामी कात्तिक १७ हुने लागेको उपनिर्वाचनबारे केन्द्रित रहेको छ ।

उपनिर्वाचनबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीबाहेक रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई समेत बैठकमा बोलाएका थिए । त्यस्तै २०७९ सालमा भएको निर्वाचनमा त्यो क्षेत्रबाट तत्कालीन गठबन्धनको उम्मेदवार बन्दै पराजित नेता बालकृष्ण खाण पनि बैठकमा उपस्थित छन । रुपन्देही ३ को निर्वाचनमा खाण राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका थिए । बोहराको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।

यसअघि चाक्सीबारीमा जुटेका सात भाइले रुपन्देही क्षेत्र नम्बर ३ मा बालकृष्ण खाणलाई अघि सार्न भने पनि यसबारे आज भने केहि कुरा नभएको बुझिएको छ । आजको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीबहेकका गृहमन्त्री रमेश लेखक, ऊर्जा जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्का र कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी पनि सहभागी छन । खड्का आमन्त्रित केन्द्रीय सदस्य र अधिकारी केन्द्रीय सदस्यमात्रै हुन ।

अहिले नेकपा एमालेले प्रतिनिधि सभा अन्तर्गत रूपन्देही–३ को उपनिर्वाचनमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ। कांग्रेसबाट प्रमोद यादव, रामचन्द्र ढकाल, भरत शाह लगायतको नाम पनि चर्चामा छ ।

धेरैले २०८४ को लागी दलहरुको परिक्षाका रुपमा पनि उपनिर्वाचनलाई हेरेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त रहेका पदहरूमा कात्तिकमा निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय