क्लाइमेट स्मार्ट सिटिज्सँग सहकार्य गरेर मैनादेवी फाउन्डेसनद्वारा आयोजित यो अभियानले पशुपतिनाथ मन्दिर क्षेत्रको फोहोर व्यवस्थापन, सरसफाई र पर्यावरणीय क्षेत्रमा हरियाली प्रवद्र्वन गर्ने उदेश्य सहित सुरुवात भएको दिव्य पशुपतिनाथ अन्तर्गत आज पशुपतिनाथ क्षेत्रमा सरसफाइ सुरुवात भएको छ । सरसफाइ अभियानमा सुदुरपश्चिमका चर्चित कलाकार को उपस्थिति रहेको कान्छा अभियान्ता के पी खनालले जनाउनुभएको छ्।

कार्यक्रममा लोक देउडा गायकहरु चक्र बम , टंक तिमिल्सेना , नेपाल आईडल बिजेता रवि ओड , चेतन बोहोरा, लाल बहादुर धामी , अनिता चलाउने हास्यकलाकार हेमराज अधिकारी सहितको बाक्लो उपस्थिति रहेको थियो भने ! सरसफाइ कार्यक्रममा क्रेसन नेपाल र मैना देवी फाउण्डेसनका स्वयमसेवक र सेन्ट लारेन्स कलेजका बिधार्थिहरु को उपस्थिति थियो भने उक्त कार्यक्रमबाट ३०० के जी भन्दा बढि फोहोर संकलन भएको थियो ! फोहोर मा प्राय: चुरोटका खोस्टा , चक्लेट, मेडिकलन सामग्री का फोहर , गुट्खाका खोल लगायत थुप्रै फोहोर भएको अभियान्ता के पी खनालले जनाएका छन




