उर्लाबारी / मोरङको उर्लाबारीमा सामुदायिक वन दिवस–२०८२ को अवसरमा अन्तरक्रिया तथा बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक वन महासंघ उर्लाबारीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल तथा उर्लाबारी–१ का अध्यक्ष तिलक पाण्डेसहित सामुदायिक वन अभियन्ता एनकुमारी दहाल, रामचन्द्र राई, सीता रायमाझी, भिम राई , अर्जुन बास्तोला लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका वक्ताहरुले वन संरक्षणमा समुदायको उल्लेखनीय योगदानको प्रशंसा गर्दै उपभोक्ताको हित, दिगो विकास, पर्यावरण संरक्षण, स्थानीय रोजगारी, गरिबी न्यूनीकरण, लैंगिक समानता र जीविकोपार्जन जस्ता क्षेत्रमा सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको बताए।
हरियाली सामुदायिक वन उपभोक्ता समुह उर्लाबारी -१ को सभाहलमा आयोजना गरिएको कार्यक्रम पश्चात् बिरुवा रोपण समेत गरिएको थियो ।
बिरुवा रोपणमार्फत हरियाली विस्तार गर्ने उद्देश्यसहित सम्पन्न कार्यक्रममा स्थानीयवासीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।




