लायन्स र लियो क्लब अफ दमक युनाइटेडद्वारा आश्रममा रहेका अनाथ बालबालिकासँग जनैपूर्णिमा विशेष रक्षाबन्धन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा क्लबका सदस्यहरूले बालबालिकासँग आत्मीय समय बिताउँदै राखी बाँधे, मिठाइ वितरण, र आफ्नै हातले तयार पारेको खाना खुवाए। साथै, अध्ययनमा सहयोग पुग्ने उद्देश्यले बालबालिकाहरूलाई कापी समेत वितरण गरिएको छ।
बालबालिकाहरूको खुशी र मुस्कानले कार्यक्रमलाई अझै अर्थपूर्ण बनाएको थियो। सदस्यहरूले यस्तो सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूले माया, सहयोग र आपसी सम्बन्धको महत्व अझ गहिरो बनाउने बताएका छन्।




