दमक / झापाको कमल गाउँपालिका–४ निवासी दुरेन राईलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले आज कमल–४ बाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतले २०८१ चैत १ गते राईलाई पक्राउ गर्न अनुमति दिएको थियो। उक्त सम्बन्धी पत्र २०८१ चैत ६ गते जिल्ला प्रहरी कार्यालय झापामा पुगेपछि खोजतलास सुरु गरिएको र त्यस क्रममा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
राई दुर्गा प्रसाईको अभियानमा पूर्व कमाण्डरको रूपमा सक्रिय रहेका थिए। हाल उनीमाथि काठमाडौँको प्रहरी वृत्त कालीमाटीको अपराध अनुसन्धान शाखामा परेको बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय