मोरङ, ४ भदौँ । उर्लाबारी बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति चयनका लागि प्रगतिशिल उम्मेदवारहरू एक भएका छन् । उनीहरु एक भएर निर्वाचनमा जाने बुधबार साँझ सहमति गरेका हुन् । नेकपा एमाले उर्लाबारीका अध्यक्ष निरोज तिम्सिना, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल र नेकपा एकिकृत समाजवादी उर्लाबारीका अध्यक्ष ढकबहादुर थापाको पहलमा भएको सहमति अनुसार प्रगतिशिल उम्मेद्वारहरु एक भएर निर्वाचनमा जाने भएका हुन् ।
क्याम्पसको सञ्चालक समिति सदस्यका लागि महेन्द्र कार्की ख, जीवनकुमार घिमिरे, तारा श्रेष्ठ, केशरबहादुर चौहान केदार, दिलकुमारी बस्नेत, दुर्गाराम कार्की, टिकाप्रसाद अधिकारी, अर्जुन बाँस्तोला, कृष्णराज गुरुङ, चेतराज सिंह श्रेष्ठ, मिनप्रसाद दाहाल मिलन, खिलराज पराजुली खगेन्द्र, नगेन्द्रबहादुर घिमिरे, तुलबहादुर न्यौपाने रोहित र पुष्पलाल ढकाल रहेका छन् ।
उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । शैक्षिक गुणस्तर अभिवृद्धिमा निरन्तर ध्यान, क्याम्पसलाई क्युएए प्रमाणपत्र प्राप्त संस्था बनाउने, पूर्वाधार विकास र प्रविधिमा सुधार, विद्यार्थी कल्याणकारी कार्यक्रमको सञ्चालन, पारदर्शी आर्थिक प्रणाली र सूचना प्रवाहमा सहजता, समुदाय र अभिभावकहरूसँग सशक्त सम्बन्ध निर्माण, अनुसन्धान र परियोजनामा प्राथमिकता, संस्थागत सुदृढीकरणका लागि एकीकृत दृष्टिकोण लिंदै अगाडि बढ्ने योजना उम्मेदवारहरूले अघि सारेका छन्। क्याम्पसको सञ्चालक समितिका लागि यही भदौँ ७ गते शनिवार मतदान हुँदैछ ।




