उर्लाबारी । गत बर्षहरुझै यस बर्ष पनि संविधान दिवसको अवसर पारेर उर्लाबारी रन हुने भएको छ । उर्लाबारी लाई कार्यक्षेत्र बनाएर विभिन्न सामाजिक कार्य गर्दै आएको सामुदायिक विकास मंचले आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर आठौं संस्करणको उर्लाबारी रन गर्ने भएको हो ।

मञ्चले शुक्रबार उर्लाबारी वडा नम्वर–६ को सभाहलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको छ । यस वर्ष देश तथा विदेशका गरी २ हजार भन्दा बढी जना रनरले सहभागिता जनाउने अपेक्षा गरिएको उर्लाबारी रन २०८२ का संयोजक ध्रुबचन्द्र पारजुलीले बताउनुभयो ।

‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथआयोजना गरिएको प्रतियोगिताको खुलातर्फ पुरुष महिला दुवैतर्फ विजेताले ३१/३१ हजार, दोस्रोले १६/१६ हजार र तेस्रो हुनेले ११/११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै भेट्रानतर्फ पुरुष रन मात्र समावेश गराईएको छ । भेट्रान्सन्सका विजेताले १५ हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । खुला र भेट्रानतर्फ १० किलोमिटर दुरीको दौड हुने आयोजकले जनाएको छ ।

यस्तै, १६ वर्षमुनिका बालबालिकाबिच ७ किलोमिटर दौड प्रतियोगिता गरिने भएको छ । जसमा महिला पुरुष दुवैतर्फ प्रथमले ७/७ हजार, दोस्रोले ५/५ हजार, तेस्रोले ३/३ हजार तथा १२ वर्षमुनिका बालबालिकाबीच हुने ५ किलोमिटरदौडमा बालक, बालिका दुवैतर्फ प्रथम हुनेले ५/५ हजार, दोस्रोले ३/३ हजार, तेस्रोले २/२ हजार पुरस्कारका साथै सबै पुरस्कृतलाई मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बोहोराले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउँदै उहाले प्रायोजक र सहप्रायोजकको खोजी भइरहेको बताउनुभयो ।

दौड प्रतियोगिताको प्रचार प्रसारको कार्यलाई तीब्र पारिएको र राष्ट्रिय धावकहरुको समेत सहभागिता हुने आयोजक समितिले जनाएको छ । सामुदायिक विकास मञ्चले २०७४ सालदेखि वर्षेनि उर्लाबारीमा दौड प्रतियोगिता सञ्चालन हुदै आएको यो प्रतियोगिता आठौ सस्करण हो।

पत्रकार सम्मेलनमा वडा नम्वर–६ का वडाध्यक्ष चिन्तामणी पौडेल, वडा–४ वडाध्यक्ष कल्याण कुमार राई, उद्योगवाणिज्य संघ उर्लाबारीका वाणिज्य उपाध्यक्ष विकास बुढाथोकी र सदस्य फुर्वा तामाङ (छिरिङ), नेकपा माओवादीका नगर अध्यक्ष, गजेन्द्र दंगाल, नेपाली कांग्रेसका नगर सचिव राजन रायमाझी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय