उर्लाबारी । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पेटको इन्डोस्कोपी (Endoscopy) र नाक, कान, घाँटीको एनपीएल (Nasopharyngeal laryngoscopy) सेवा सुरु गरिएको छ । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै २०८२ भदौ १२ गतेदेखि यी दुवै सेवा सञ्चालनमा आएको जनाएको छ ।

अस्पतालका अनुसार एन्डोस्कोपी सेवा भारतको म्याक्स अस्पताल, दिल्लीबाट ग्यास्ट्रोएन्टेरोलोजी तथा हेपाटोलोजीमा फेलोशिप गरेका डा. उमेश गुरागाईले बिहान ७ बजेदेखि ९ बजेसम्म उपलब्ध गराउनेछन् । त्यस्तै, नाक, कान र घाँटीसम्बन्धी रोग (ENT) का विशेषज्ञ डा. बिदुर कार्कीमार्फत एनपीएल सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

यो सेवा प्रारम्भ भएपछि उर्लाबारी लगायत आसपासका स्थानीयवासीले अन्यत्र धाउनुपर्ने बाध्यता हट्नेछ भन्ने विश्वास अस्पतालले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय