उर्लाबारीमा खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना तर्जुमा सम्बन्धि ३ दिने तालिम सम्पन्न गरिएको छ ।
कृषि तथा पशुपन्छी बिकास मन्त्रालय एव उर्लाबारी नगरपालिकाको आयोजनामा एवं कृषि तथा खाद्य संगठन को प्राविधिक सहयोगमा भाद्र १७ देखि १९ सम्म संचालित सो तालिममा कृषि क्षेत्रको दिगो बिकासका रणनीतिक योजना तर्जुमा गर्न सरोकारवाला र स्थानीय सरकारको भुमिकाका बिषयमा समुह कार्य मार्फत छ्लफल गरिएको थियो ।


यश क्षेत्रको खाद्य प्रणाली र स्थानीय क्षेत्रमा जलवायु परिवर्तनले पुर्‍याएको असरका बारेमा समेत छलफल गरिएको उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेलले जानकारी दिनुभएको छ । प्रमुख खरेलले नगरले वार्षिक योजना हरुमा कृषि क्षेत्रलाई प्राथमिकता दिएर योजना बनाईरहेको र यो तालिमपछि थप उर्जा प्राप्त भएकोले सम्पुर्ण सरोकारवाला हरुसंगको सहकार्यमा योजना बनाएर कार्यान्वयन गरिने जानकारी दिनुभएको छ ।


नगरवासीको मुख्य स्रोत र पेशानै कृषि भएकोले यसलाई प्राथमिकताका साथ उत्पादन बढाउन आधुनिक कृषि प्रणाली र औजारको प्रयोगमा कृषक लाई प्रोत्साहन गरिरहेको र आगामी दिनमा समेत थप योजनाका साथ अघि बड्ने नगर उपप्रमुख मिना खतिवडा पौडेलको प्रतिवद्धता रहेकोे छ ।


कृषि क्षेत्रमा विभिन्न समस्याहरुका कारण युवा जनशक्तिको पलायन लाई रोक्दै आकर्षक पेशाको रूपमा विकास गर्न र बजारीकरणको समस्यालाई समाधान गर्न योजनाहरु अघि बढाउने कार्यमा नगरपालिका लागिपरेको प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसंघीय दिगो बिकास लक्ष्य २०३० बमोजिम शुन्य भोकमरीको लक्ष्य प्राप्तगर्ने उदेश्य सहित यो तालिमको आयोजना गरिएको जनाइएको छ ।


कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका बरिस्ठ कृषि प्रसार अधिकृत बिष्णुहरि देवकोटा, कृषि तथा खाद्य संगठनका महेश खरेल एवं उद्ध्व श्रेष्ठले सहजीकरण गर्नुभएको तालिममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत , शिक्षा शाखा प्रमुख, वडा अध्यक्षहरु, अगुवा कृषक, सञ्चारकर्मी एवं नगरपालिकाका बिषयगत शाखाका कर्मचारी हरुको सहभागिता रहेकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय