उर्लाबारी नगरपालिकाका पुर्व मेयर निडर तथा बिकास प्रेमी व्यक्तित्व नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग बहादुर फागो ले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई गलत भन्नुभएको छ। सरकारले उल्टो बाटो हिँडेको भन्दै उहाले यसलाई पुनर्विचार गरी संशोधित गर्नुपर्ने बताउनुभएको छ।
फागोका अनुसार, सामाजिक सञ्जाल नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक बहस र डिजिटल अर्थतन्त्रसँग जोडिएको महत्त्वपूर्ण माध्यम हो। उहाले भन्नुभएको छ, “सञ्जाल बन्द गर्नुको सट्टा गलत कुरालाई नियमन गर्नुपर्छ। मान्छे चन्द्रमामा पुगिसके, त्यसैगरी सामाजिक सञ्जालमा पनि पूर्ण प्रतिबन्धले डिजिटल स्वतन्त्रताको बाटो बन्द हुन्छ। चन्द्रमा पुगेका मानिसले जस्तै सावधानीपूर्वक योजना बनाएर काम गर्नुपर्छ, सामाजिक सञ्जालमा पनि विवेकपूर्ण नियमन आवश्यक छ।”
उहाले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र सम्बन्धित कानुन छिटो निर्माण गरेर गलत गतिविधि नियमन गर्न सरकारले तदारुकता देखाउनुपर्ने बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय