
४ असोज/ उर्लाबारी
उर्लाबारी वडा नम्बर २ र ३ को वडा सुरक्षा समितिको आयोजनामा शनिबारदेखि सरसफाई र सचेतना अभियान सुरु गरिएको छ । समितिका संयोजक प्रतिक पाण्डेअनुसार सो अभियान हरेक हप्ताको नियमित शनिबार संचालन हुनेछ गरिनेछ ।

आज बिहान मंगलबारे चोकबाट सुरु भएको अभियान त्रिवेणी चोक हुँदै माझी चोकबाट थापा चोकसम्म सरसफाई र घरघरमा सचेतना गराउदै अघि बढेको हो । कार्यक्रममा वडाका युवाहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

यस्तै हाल उक्त समिति वडामा प्रहरीसँग सहकार्य गर्दै २४ घण्टा गस्ती गर्दै आएको छ । रातमा दुई सिफ्टमा विभाजन गरेर नियमित गस्ती भइरहेको समितिले जनाएको छ ।





