काठमाडौँ। Tribhuvan University–affiliated Milton International College ले आफ्ना BCA तथा BBM कार्यक्रमका विद्यार्थीहरूका लागि चीनमा ६ दिने China Academic & Industrial Exposure Tour सुरु गरेको छ।

कलेजले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शैक्षिक तथा औद्योगिक वातावरणसँग प्रत्यक्ष परिचित गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ। विश्वकै तीव्र रूपमा विकास भइरहेको अर्थतन्त्र तथा प्रविधिक नवप्रवर्तनको केन्द्र मानिने चीनमा आयोजित यस exposure tour अन्तर्गत विद्यार्थीहरूले अन्तर्राष्ट्रिय उद्योगहरूको सञ्चालन प्रणाली, उत्पादन प्रक्रिया, आधुनिक IT संरचना तथा व्यवसायिक प्रविधिको प्रयोगबारे प्रत्यक्ष अध्ययन गर्ने अवसर पाउनेछन्। भ्रमणको प्रमुख आकर्षणका रूपमा विश्वप्रसिद्ध Volkswagen (VW) को अत्याधुनिक कार उत्पादन कारखानाको अवलोकन पनि समावेश गरिएको छ। Milton International College ले अध्ययनसँगै व्यवहारिक सीप विकासमा जोड दिँदै आएको बताइएको छ। कलेजले बजारअनुकूल non-credit courses, skill-based modules तथा industry-linked learning कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसका कारण विद्यार्थीहरू नेपालमै अध्ययन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारीका अवसरतर्फ अग्रसर हुँदै आएका छन्। कलेजका CEO हेमराज भट्ट ले नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय स्तरको exposure सम्भव रहेको उल्लेख गर्दै यस्ता भ्रमण कार्यक्रमहरूले विद्यार्थीहरूलाई वास्तविक उद्योग, कार्यप्रक्रिया र प्रतिस्पर्धी वातावरण बुझ्न सहयोग पुर्याउने बताए। उनका अनुसार कलेजले अघिल्ला वर्षहरूमा Dubai exposure visit समेत सम्पन्न गरिसकेको छ भने आगामी दिनमा विभिन्न एशियाली देश, युरोपेली शैक्षिक केन्द्र तथा IT र business innovation hubs लाई समेट्दै exposure program विस्तार गर्ने योजना रहेको छ। Exposure tour मा सहभागी विद्यार्थीहरू उत्साहित देखिएका छन्। भ्रमण अवधिमा guest interaction, industrial observation तथा project-based learning जस्ता गतिविधिहरू समावेश गरिएका छन्, जसले विद्यार्थीहरूको करियर विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय