मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको बला’त्कारपछि ह’त्या भएको घटनाले दुई छिमेकी परिवारको जीवन त’हसनहस बनाएको छ।
स्थानीय नवीन गौतमको परिवारले नाबालिका छोरी अंशुलाई सधैंका लागि गुमाएको छ भने अंशुको ह’त्या अभि’योगमा प’क्राउ परेका छिमेकी पदमबहादुर अधिकारीको परिवार गाउँबाट विस्थापि’त हुन बाध्य भएको छ। ५९ वर्षीय पदमबहादुर अधिकारीले अंशुको ह’त्या स्वीकार गरेपछि उनका परिवारका सदस्यहरू सुरक्षा जो’खिमका कारण घर छाडेर आफन्तकहाँ शरण लिन पुगेका हुन्।
घट’नापछि आक्रो’शित स्थानीयको भीडले पदमबहादुर अधिकारीको घरमा तो’डफोडसमेत गरेको थियो। एक जनाको अप’राधका कारण निर्दोष परिवारले स’जाय भोग्नुपरेको भन्दै यो घट’नाले थप पी’डा सिर्जना गरेको छ।
सुरक्षा ख’तरा बढेपछि पदमबहादुरकी श्रीमती, छोरा र छोरी गाउँ छाडेर विस्थापित भएका छन्। अधिकारीका तीन छोरी र एक छोरा छन्। दुई छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी काठमाडौंमा बस्दै आएकी थिइन्। घ’टनाको समय घरमा माइली छोरी, छोरा र आमा मात्र थिए। छोरा भने यसअघि ज’बरजस्ती करणी प्रयाससम्बन्धी मु’द्दामा दो’षी ठहर भई कै’द स’जाय भुक्तान गरेर कात्तिक १८ गते मात्र जे’लमुक्त भएका थिए।
लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाका अनुसार पदमबहादुर प’क्राउ परेलगत्तै उनको परिवार गाउँबाट विस्थापित भएको हो। उनीहरू हाल कहाँ बसिरहेका छन् भन्ने जानकारी नगरपालिकासँग छैन।
‘आ’रोपीले गल्ती गरे त्यसको स’जाय परिवारले पाउनु हुँदैन,’ उपप्रमुख निरौलाले भनिन्, ‘अवस्था सामान्य बन्दै गएपछि परिवारलाई पुनःस्थापित गर्ने प्रयास गर्नेछौं।




