उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगरलाई सभ्य, सफा र सुन्दर बनाउने उद्देश्यका साथ नगरबासीलाई लक्षित गरी सचेतनामूलक ढंगले सामाजिक कार्यक्रम गर्न नगर प्रमुख गंगा खरेलले आग्रह गरेका छन्। उनले परिवर्तन टोलको एक कार्यक्रममा सो कुरा बताएका हुन्।

नगर प्रमुख खरेलका अनुसार नगर हामी सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण, व्यवस्थापन र सुन्दरता कायम राख्नु सम्पूर्ण नगरबासीको साझा दायित्व हो। सोही उद्देश्यले नगरपालिकाले कर तथा दस्तुर समयमै बुझाउने, सार्वजनिक स्थलमा जथाभावी निर्माण सामग्री नराख्ने, सड्ने र नसड्ने फोहोर छुट्याएर व्यवस्थापनमा सहयोग गर्ने, प्लास्टिकजन्य फोहोर नियन्त्रण गर्ने लगायतका विषयमा ध्यान दिन नगरप्रमुख खरेलले अनुरोध गरेका छन्।

उनलेे घरपालुवा पशु खुला नछाड्ने, व्यक्तिगत घटना समयमै दर्ता गर्ने, घर तथा संरचना निर्माण गर्दा अनिवार्य अनुमति लिने, अनधिकृत सवारी पार्किङ नगर्ने, व्यवसाय सञ्चालन गर्दा अनुमति र नवीकरण गर्ने, बालश्रम र बालविवाह अन्त्य गर्ने, महिला हिंसा तथा जातीय भेदभावको विरोध गर्ने जस्ता महत्वपूर्ण सन्देश समावेश छन्।

त्यसैगरी लागुऔषध सेवन नियन्त्रण, धार्मिक तथा सार्वजनिक कार्यक्रममा ठूलो आवाज प्रयोग नगर्नु, नियमित स्वास्थ्य जाँच गराउने विषयलाई पनि विशेष प्राथमिकताका साथ उल्लेख गरिएको छ।

नगर प्रमुख खरेलले नगरबासीलाई नियमको पालना गर्दै असल नागरिकको परिचय दिन आग्रह गर्दै भने, “उल्लेखित सबै विषयमा सबै नगरबासीको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक छ। नगरबासी हुनुमा हामी सबैले गर्व गर्नुपर्छ।”

नगरपालिकाले तयार पारेको उक्त पोस्टर विभिन्न सार्वजनिक स्थानमा टाँस्ने तथा जनचेतना अभिवृद्धिका कार्यक्रममार्फत नगरबासीसम्म पुर्याइने जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय